नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ । पर्सामा ३ र धनुषामा १ जनाको संक्रमणबाट मृत्यु भए संगै मृतकको संख्या १ सय ४१ पुगेको हो ।
मृतकहरु बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत दुई पुरुष रहेको बताईएको छ । मृतकमध्य एक पुरुष पर्साको बहुदरमाई नगरपालिका बहुअरीका र अर्का वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ताका पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दिउसो गरेको प्रेस ब्रिफिङमा १ सय ३७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
प्रतिक्रिया