US Khabar

सिमा हस्तक्षेप बिरोधमा निर्मित गायक विनोद ढकालको ‘कालापानी’ गीतले उठाएको आवाज

- Admin | ३ वर्ष पहिले प्रकाशित

सिमा हस्तक्षेप बिरोधमा निर्मित गायक विनोद ढकालको ‘कालापानी’ गीतले उठाएको आवाज

कालापानी र लिपुलेक
गर्न दिदैंनौ हस्तक्षेप
छप्काई दिने हो एकाएक
जय जय जनता ,जय जय देश……

दुई साता अघि कालापानी बोलको गीत सार्वजनिक भयो । लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूमि माथीको भारतिय हस्तक्षेप विरुद्ध सार्वजनिक नेपाली स्वाभिमानको आवाजलाई उदाहरण सहित प्रस्तुग गरेको यस गीत गायक बिनोद ढकालको आवाजमा रहेको गीत हो । नेपाली युवाको अवस्था र यथार्थतालाई प्रस्तुत गर्दै आएका बिनोदको यस गीतमा देशको ईतिहास, सुगौली सन्धी, नेपाली अस्तित्व र बहादुरी, सगरमाथा र विरताका उदाहरणहरु प्रस्तुत गरिएको छ ।

उठौं है जागौं है नेपाली
खुँडा र खुकुरी उचाली
नालापानीको रक्त होली
दोहोर्याउनु छ यसपाली….

बलभद्र कुँवरका सन्तान भएको उदाहरण सहित गीतमा कालापानी क्षेत्रमात्र नभई सुगौली सन्धी खारेज भएको लामो समय सम्म फिर्ता नगरिएको सबै भुभागको हिसाव खोजिएको छ । नेपालीहरुको सहनतालाई उसको कमजोरी नठान्न चेतावनी दिंदै गीतमा पटक पटक गरिदैं आएको हेपाहा प्रवृत्ती र नेपालमाथीको हस्तक्षेप अव नेपालीले नसहने बताइएको छ ।

देशको रक्षार्थ जुनसुकै हदसम्म उत्रन सक्ने स्वाभिमानी भाव प्रस्तुत कालापानी गीतको भिडियोलाई बिनोद स्वयंले निर्देशन गरेका हुन् जसमा विरता र अस्तित्वका उदाहरणहरु प्रस्तुत गरिएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समय निरन्तर सक्रिय विनोद ढकाल मुलत पप विधाका सफल गायकको छवि बनाएका गायक हुन् । उनका कहिँ कतै गल्ती भए, यसरी त, यो मेरो भूल लगायतका पप गीत देखी रक गीतहरु छोडेर तिम्रो साथ, पत्र, सकिन, पछुतो, कालो दाग, दुख, युवा पुस्तामाझ लोकप्रिय छन् भने उनको बाजेले गीतार बजाको बोलको गीत बालक देखी बृद्ध सम्मले सर्वाधिक रुचाएको गीत हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">