US Khabar

गायक गुणराज श्रेष्ठको ‘हल्ला धेरै भो’ गीतको टिजर सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायक गुणराज श्रेष्ठको ‘हल्ला धेरै भो’ गीतको टिजर सार्वजनिक

गायक गुणराज श्रेष्ठको नयाँ गीत हल्ला धेरै भो को टिजर सार्वजनिक भएको छ । आउँदा भदौ १२ गते भिडियो सहित सार्वजनिक हुँदै गरेको गायक श्रेष्ठको यो गीत टिजर आज गायक स्वयंको आधिकारिक यूटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतकार वि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको हल्ला धेरै भो गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । डान्सिङ विटमा निर्माण भएको भिडियोमा चर्चित मोडल कविता नेपाली र भिजु पार्की अन्जु निरौला र गायक गुणराजको मुख्य अभिनय रहेको छ भने सोमु गुरुङ, करण खतिवडा, बविता पोख्रेल, पोषण भण्डारी अष्मी भुजेल लगायतको आकर्षक नृत्य पनि समावेस छ ।

अनिल के मानन्धरको छयांकन रहेको भिडियोलाई प्रमोद के भण्डारीले निर्देशन तथा प्रविण भट्टले सम्पादन गरेका हुन् ।

पछिल्लो समय स्रोता दर्शकबाट प्रंशसा बटुलिरहेका गायक गुणराजका यस अघि घार्र घुर्र, पिरतीमा, निष्ठुरीले, निवेदन लगायतका गीतहरु सार्वजनिक भएका छन् भने हल्ला धेरै भो पछि अन्य नयाँ गीतहरु पनि सार्वजनिकको तयारीमा रहेका छन् । उनको पहिलो गीत ‘निष्ठुरीले मान्दै मानिन’ अत्यन्त प्रशंसा बटुलेको गीत हो । यो गीत सुनेर ईलाममा एक युवकले आत्महत्या समेत गरेका थिए । तर यस घटनालाई उनले आफ्नो सफलताको सिडि बनाउन चाहेनन् र यो कुरा बजारमा आएन पनि । यद्यपी औपचारिक संगीतको ज्ञान बोकेर नेपाली संगीतमा प्रवेश गरेका गुणराज छोटो समयमा नै संगीतकर्मी र स्रोताको नजरमा कुशल गायकको छवि बनाउन सफल देखिएका गायक हुन् । नृत्यमा समेत दख्खल भएका उनले आफ्ना गीतहरु मध्य केही भिडियोमा अभिनय समेत गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">