म्युजिक भिडियो सम्पादनमा पछिल्लो समयका चर्चित र ब्यस्त सम्पादक टेकेन्द्र शाहको आवाजमा ‘फूल जस्तो जोवन’ गीत सार्वजनिक भएको छ । पद्म-लक्ष्मी शाहको शब्द तथा ओम सुनारको लय संकलनमा रहेको यो गीत टेकेन्द्र शाह, रचना रिमाल, ओम सुनार र रेखा जोशीको आवाजमा अनप्लग भिडियो सहित सार्वजनिक भएको हो ।
गायक तथा संगीतकार ओम सुनार स्वयंको संगीत संयोजन रहेको यस गीतको भिडियोमा गायक गायिकालाई प्रस्तुत गरिएको छ ।
राम कुमार केसीको निर्देशन तथा छायांकन रहेको यस गीतको भिडियोलाई यस गीतका गायक टेकेन्द्र शाह स्वयंले सम्पादन गरेका हुन् ।
लोक फ्लेवरमा तयार भएको यस गीतमा सालिन मायाप्रेमलाई अभिब्यक्त गरिएको छ । टिपिकल शब्दहरुको प्रयोग गरि मिठासपूर्ण लय तयार गरिएको यस गीतलाई दर्शक स्रोताबाट राम्रो प्रतिकृया आईरहेको छ ।
प्रतिक्रिया