प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना महामारीको समयमा परेको यस बर्षको तिज आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिंदै सुरक्षित तरिकाले मनाउन सुवकामना सन्देश दिएका हुन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको यस बर्षको तिज कोरोना महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन आग्रह गरेका हुन् ।
विगतमा जस्तो भेटघाट, नाचँगान, रमझम र उल्लासको अवस्था यो बर्ष नभएकाल विज्ञहरुको सल्लाह र सरकारको निर्देशन अनुरुप नै सामाजिक व्यबहार गर्दै सुरक्षित तवरले रहन पनि अपिल गरेका छन् ।
प्रतिक्रिया