केही साता अघि पत्रकार ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छन्मा दिएको अन्तरवार्ताका कारण अत्याधिक आलोचित बनेका दुर्गेश थापाले यसकै जवाफ स्वरुप नयाँ गीत ल्याएका छन् । आलु जस्तो गायक बोलको गीत सार्वजनिक गरेर उनले आफु माथी लागेको लाच्छनाको जवाफ दिएका हुन् ।
बसन्त थापाको शब्द संगीतमा रहेको दुर्गेशको यो गीतमा आफुलाई आलु जस्तो गायक भन्नेहरुलाई घुमाउरो शैलीमा आलु जस्तै भएपनि सबैले गीतहरु मन पराईदिएर हिट समेत बनेको बताएका छन् । उनले गीतमा गाउँघरमा हुर्किएको आफ्नो पृष्ठभुमी, संगीत क्षेत्रमा आफ्नो परिवारको सदस्य कोही नहुँदा आफैंले सिक्दै सिक्दै सफलता सम्मको यात्रा तय गरेका दिनहरु प्रस्तुत गर्दै आफुले प्रकृतीसंग नै कलकाकारिता सिकेको बताएका छन् ।
शिव बिकको निर्देशनमा निर्माण भएको यस गीतमा रामकृष्ण ढकाल, यम बराल र आलोक श्री, अन्जु पन्तले यस बिबादमा दुर्गेशको पक्षमा बोलेका भिडियो क्लिप्स समेत समावेस गरिएको छ । दुर्गेश आफैं केन्द्रमा रहेर अभिनय गरेको भिडियोमा सारिका केसीको पनि अभिनय रहेको छ भने अतिथी कलाकारका रुपमा नायक पल शाह र पुष्प खड्काको समेत अभिनय रहेको छ । एउटा किशानको छोराले गाउँ घरमा मेला पाता र गोठालो जाँदा गीत गाउँदै हुर्किएको परिभेष चित्रित यस भिडियोलाई अर्जुन तिवारीको टिमले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
उनले आफ्नो संगीत यात्राका कारेमा स्पस्टिकरण स्वरुप बजारमा ल्याएको यस गीत सार्वजनिक भएको ६ घण्टा नवित्दै डेढ लाख दर्शकले हेरिसकेका छन् भने २५ सय भन्दा बढि प्रतिकृया आईसकेका छन् । उनले पोष्ट गरेको गीतप्रति दुर्गेशले यूटुव च्यानमा स्वयं आफैंले लेखेका छन् ‘नमस्कार यो आलु गायकको तर्फ बाट अध्ययन र सिकाईका लागि दाईले धेरै नै फोर्स गर्नु हुन्थ्यो तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटि थियो लोक गित गाए राम्रो भएन मोडल गरे ठिकै तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो म खासै खुशि हुन सकिन जिवनमा धेरै ठाउँमा पुगे तर पैसा र प्रतिष्ठा का लागि मानिसहरू तछाड मछाड गरेको मात्र पाए म आफैले एउटा संकल्प गरे कि गितै गाउछु कि पेशा परिवर्तन गर्छु गित गाए तर कुन विधा को कस्तो भन्ने थाहा भएन गित चाई मुद्दा हाल्दिन्छु न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगित दमदार तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगे त्यो भन्दापनि जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिके न नृत्य न संगित नै जे जति गरे अनुभव को आधारमा गरे सबैले माया दिनु भो हौसला दिनु भो बास यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि मलाई संगित नजानेकोमा पछुतो छ पनि छैन पनि तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आलु जस्तो गायकमा तेस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ ।’
उनको आलु जस्तो गायकमा प्रयोग भएका शब्द र उनले लेखेको यस भनाईले फेरी उनका प्रशंसकले उनको कामको तारिफ गरेका छन् । आफ्नै फ्यानहरु, र धेरै संगीतकर्मीबाट खेपेको आलोचनालाई दुर्गेशको यस गीतले जवाफ राम्रै दिएको छ । सुरुवाती भिवर्स हेर्दा उनको यो गीत चर्चामा आउने निश्चित जस्तै देखिएको छ । मोडलका रुपमा कलाकारितामा प्रवेश गरेका दुर्गेशको संगीत क्षेत्रमा आफ्नै छुट्टै दर्शक स्रोता छन् तर उनको अभिनय भने आलोचित भन्दा प्रशंसनिय नै छ । उनले गीतमा भने जस्तै दुर्गेश थापाका गीत कसैले नसुनेको भए उनि पनि यति चर्चामा पुग्ने थिएनन्, उनले गाए स्रोताले मन पराए र त्यहि प्रकारका गीतहरु बजारमा आउँदै गएका हुन् । यस गीतप्रति संगीतकर्मीको प्रतिकृया कस्तो आउँछ त्यो त हेर्न बाँकी नै छ तर गीतमा उनले आफ्नो गायनको पृष्ठभूमी जसरी बताएका छन् त्यो ग्रामिण भेगका युवाको यथार्थ जीवन र सपनासंग मिल्दोजुल्दो रहेको छ ।
प्रतिक्रिया