सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको भिषण पहिरोमा परि मृत्यु हुनेको संख्या २९ पुगेको छ । गत शुक्रबार जुगल गाउँपालिक वडा नम्बर(२, लिदीमा गएको पहिरोमा पुरिएका मध्य थप ५ जनाको शव फेला परेसंगै मृतकको संख्या २९ पुगेको हो ।
बिहिबार भेटिएका शवहरु मध्य १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङ रहेका छन् ।
प्रहरीका अनुसार पहिरोमा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे छ ।
प्रतिक्रिया