नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १ सय २६ पुगेको हो ।
थप ६ जना मृतक मध्य काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ दुई पुरुष र १ महिलाको रहेका छन् ।
११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार संक्रमित हुनेमा काठमाडौं उपत्यकाका मात्रै २०० जना रहेका छन् । यो सँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
प्रतिक्रिया