US Khabar

अस्पतालले भर्ना लिन नमानेपछि ३२ वर्षीय महतोको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

अस्पतालले भर्ना लिन नमानेपछि ३२ वर्षीय महतोको मृत्यु

अस्पतालले भर्ना लिन नमानेपछि जनकपुरधाममा फेरि युवकको मृत्यु भएको छ।

मंगलवार दिउँसो उपचारका लागि प्रादेशिक अस्पताल पुग्दा अस्पतालले भर्ना लिन मानेन । किडनीमा समस्या भएर त्यहाँ पुगेका धनुषाको सबैला नगरपालिका वडा नं. २ का ३२ वर्षीय प्रमोद महतोको मृत्यु भएको छ ।

प्रमोदका आमाबुवाले पटक पटक त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि बिन्ती गरेका थिए । अस्पतालको गेटबाट भित्रसमेत पस्न नदिएको प्रमोदका बुवा जोगेन्द्रले बताए ।

मंगलबार प्रादेशिक अस्पतालमा उपचार गर्न नमानेपछि उनका बुवाआमाले बुधवार दिउँसो उपचारका लागि उनलाई एम्बुलेन्समा धरान लगिदै गर्दा बाटोमै प्रमोदको मृत्यु भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरले एक विज्ञप्ती जारी गर्दै यसमा कुनै कमजारी नरहेको जिकिर गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">