US Khabar

सय भन्दा बढी देशका संसद प्रमुखको सहभागितामा संसद अध्यक्षहरुको पाँचौ विश्व सम्मेलन शुरु

- Admin | ३ वर्ष पहिले प्रकाशित

सय भन्दा बढी देशका संसद प्रमुखको सहभागितामा संसद अध्यक्षहरुको पाँचौ विश्व सम्मेलन शुरु

संसदका अध्यक्षहरुको पाँचौ विश्व सम्मेलन शुरु भएको छ । १ सय भन्दा बढि बढी देशका संसद प्रमुखहरुको सहभागिता रहेको सम्मेलन बुधबारबाट शुरु भएको हो ।

अन्तर व्यवस्थपिका संघ (आइपीयू) र अष्ट्रियाको संसदको संयुक्त आयोजनामा आयोजित यस सम्मेलनमा नेपाल तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का र राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्याल सहभागिको सहभागिता रहेको छ ।

सम्मेलन बिहीबारसम्म चल्ने सम्मेलनमा बिश्वव्यापि माहामारी नियन्त्रणका बिषय संगै जलवायु परिवर्तन र सुशासन प्रवद्र्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

प्रत्येक पाँच वर्षमा आयोजना हुने सम्मेलन यो वर्ष अष्ट्रियाको भियनामा हुने तय भएको थियो तर कोरोना संक्रमणका कारण स्वास्थ्य सुरक्षाका कारण प्रतक्ष्य सहभागीता सहितको सम्मलेन हुन नसक्ने भएपछि ‘भर्चुअल’ माध्यमबाट सम्मेलन सुरु गरिएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">