नेपालमा कोारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसंगै मृतकको संख्या १ सय २० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६ जना मृतक मध्य काठमाडौंमा १ पुरुष, बर्दियामा १ पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका ४ महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ६८१ जना नयाँ संक्रमित फेला परेका छन् । यो संगै कुल संक्रमित संख्या २८,९३८ पुगेको छ भने सक्रिय संक्रमित संख्या ११,११८ जना रहेको छ ।
प्रतिक्रिया