US Khabar

बाहुन-क्षेत्रीलाई दोशद्रोही भन्दै म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने समुहका ४ जना पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

बाहुन-क्षेत्रीलाई दोशद्रोही भन्दै म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने समुहका ४ जना पक्राउ

सोमबार सार्वजनिक भएको म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने समूहका चार सदस्य पक्राउ परेका छन् । गेल्जङ दोर्जे तामाङले गाएको देशद्रोही बोलको गीतको भिडियोमा राष्ट्रिय जलाएको दृश्यको चौतर्फी बिरोध भएपछि प्रहरीले भिडियो निर्माणमा सहभागी मध्य ४ जनालाई पक्राउ गरेको हो ।

भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको दृश्य रहेको छ । बाहुन क्षेत्रीलाई समेत जथाभावी गाली गलौज गरिएको यस भिडियोमा चैतको तेस्रो साता तिर छायांकन भएपनि यस बिषयमा भिडियो निर्माण युनिटले केही जानकारी गराएको थिएन । ५ महिना पछि भदौ १ सार्वजिनक भएको यस भिडियोमा नेपालको झण्डा लजाएको दृश्यले नेपालीहरु आक्रोशित बनेसंगै मंगलबार दिनभरि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले भिडियोमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

यस भिडियो निर्माणमा संलग्न बाँकी ६ जनालाई प्रहरीले खोजी गरिरहेको बताएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">