संक्रमितको संख्या बढ्दै गएपछि आज रातीबाट काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा जारी भएको छ । मंगलबार बसेको उपत्याका ३ जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले आज राती १२ बजेबाट १ साताका लागि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निर्णय अनुरुप आज रातीबाट उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निधेधाज्ञा लागु भएको छ । उपत्यकामा पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढिरहेको छ भने केहीको मृत्यु समेत भएको छ । आज मात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन चल्न पाउने छैनन् ।
प्रतिक्रिया