US Khabar

ध्यानाकर्षण पत्र सहित ‘स्वास्थ्य आपतकाल घोषणा’ गर्न प्रधानमन्त्रीसंग गगन थापाको माग

- Admin | ३ वर्ष पहिले प्रकाशित

ध्यानाकर्षण पत्र सहित ‘स्वास्थ्य आपतकाल घोषणा’ गर्न प्रधानमन्त्रीसंग गगन थापाको माग

नेपाली कांग्रेसका नेता गगन थापाले ध्यानाकर्षण पत्र सहित स्वास्थ्य आपतकाल घोषणा गर्न प्रधानमन्त्रीसंग गगन थापाको माग गरेका छन् । सरकारकै लापर्वाही र अहङ्कारले कोरोना सङ्क्रमण भयावह अवस्थामा पुगेको आरोप लगाउँदै नेता थापाले
कोरोना नियन्त्रणका लागि सरकारलाई सुझाव सहित ध्यानाकर्षण पत्र पठाएका हुन् ।

ध्यानाकर्षण पत्रमा नेता थापाले कोरोना सङ्क्रमण बढ्दो दरमा भएका काठमाण्डौ उपत्यका लगायका क्षेत्रमा तत्काल जनस्वास्थ्य आपतकाल घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले गत असार २ गते नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको र त्यसलगत्तै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउनुका साथै पटक पटक कोरोना नियन्त्रणबारे जन स्तरबाट समेत आवाज र असन्तुष्टी ब्यक्त भै रहँदा पनि प्रधानमन्त्री र बर्तमान सरकारले यसलाई हेलचक्र्याईं गर्दै आएकाले पछिल्लो समय संक्रमणको अवस्था भयावह बन्दै गएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">