दाङमा आज साँझबाट कर्फ्यु लागेको छ । सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि आजबाट ५ दिनका लागि रातको समयमा कर्फ्यु लाग्ने भएको हो ।
शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण नियन्त्रणका लागि आज भदौ १ गतेबाट ५ गते सम्मकम लागि साँझ ७ बजेबाट बिहान ५ बजे सम्म कफ्र्यु लगाउने निर्णय गरेको हो ।
स्थानिय जनताको प्रतिनिधित्व गर्दै जिल्लाका सबै स्थानीय पालिका प्रमुखहरुले दिएको सुझावका आधारमा गरिएको यस निर्णय अनुसार आजबाट रातको समयमा प्रेस, एम्बुलेन्स, दैनिक अत्यावश्यक उपभोग्य सामग्री ढुवानी साधन तथा अत्यावश्यक कामका लागि पास लिएका सवारी साधन बाहेक कुनै पनि सवारी साधन चल्न पाउने छैनन् ।
बैठकले सक्रिय सङ्क्रमितको संख्या करिब ५० को हाराहारीमा रहेको दाङमा चाडपर्व नजिकिदैं गरेको समय रहेकाले सामाजिक जमघट भोजभतेर, नाचगान लगायतका कामहरु हुन सक्ने तर यस प्रकारका काम जिल्लाबासीको स्वास्थ्य सुरक्षाका दृष्टीले जोखिम भएकाले हाललाई यस प्रकारका कुनै पनि कृयाकलाप नगर्न आग्रह पनि गरेको छ ।
प्रतिक्रिया