US Khabar

काठमाडौं, मोरङ र रौतहटका ३ संक्रमितको मृत्यु: मृतकको संख्या १०७ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौं, मोरङ र रौतहटका ३ संक्रमितको मृत्यु: मृतकको संख्या १०७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङ अनुसार काठमाडौं, मोरङ र रौतहटमा थप ३ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौ उपत्यकाका मात्रै १६८ जना रहेका छन् ।

५ लाख २९ हजार ४ सय २७ जनामा गरिएको परिक्षणमा संक्रमित संख्या संख्या २७ हजार २४१ पुगेको छ भने १७ हजार ४ सय ९५ जना संक्रमित निको भएर पुन पहिलेकै अवस्थामा फर्केका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">