US Khabar

सिन्धुपाल्चोक पहिरोमा पुरिएका २२ जनाको शव फेला – १७ जना अझै वेपत्ता

- Admin | ३ वर्ष पहिले प्रकाशित

सिन्धुपाल्चोक पहिरोमा पुरिएका २२ जनाको शव फेला – १७ जना अझै वेपत्ता

अविरल बर्षापछि आएको पहिरोमा परि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पुरिएकाहरु मध्य २२ जनाको शव फेला परेको छ । गत शुक्रबार पहिरोमा पुरिएर बेपत्ता रहेका ३९ जना मध्य आज थप ३ जनाको शव फेला परेको हो ।

सुरुमा ५ बालक सहित ११ जनाको सव भेटिएकोमा हिजो थप ८ जनाको शव भेटिएको थियो भने आज फेरी ३ जनाको शव निकालिएको छ । आज भेटिएका शवहरु २२ वर्षीय छविलाल दोङ्गं, ६ वर्षीय सुमन दोङ्ग र १० वर्षीय सुरज दोङ्गको रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">