US Khabar

कोरोना संक्रमणबाट भारतिय पूर्व क्रिकेटर तथा मन्त्री चेतन चौहानको निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमणबाट भारतिय पूर्व क्रिकेटर तथा मन्त्री चेतन चौहानको निधन

कोरोना संक्रमणबाट भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । कोरोना संक्रमण भएका ७३ वर्षीय मन्त्री चौहानको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

पूर्व क्रिकेटर समेत रहेका चौहानको स्वास्थ्यमा समस्या देखिएपछि गुरुग्राम मेदान्त अस्पतालमा कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी उपचार गराईंदै आएका उनको निनध भएको हो ।

मन्त्री चौहानको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै भारतले शानदार क्रिकेटर र मेहनती राजनेताको गुमाएको बताएका छन् ।

सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री रहेका चौहनको पछिल्लो समय स्वास्थ्यमा सुधार आएको समाचार पनि सार्वजनिक भएको थियो तर उनको अचानक भएको ह्रदयघातले उनको कोरोना संक्रमणलाई जित्न नसक्दा उनको मृत्यु भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">