US Khabar

नेपाल ओलम्पिक कमिटीका २ कर्मचारीमा कोरोना पुष्टी- NOC कार्यलयमा अनिश्चितकालिन सिल

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपाल ओलम्पिक कमिटीका २ कर्मचारीमा कोरोना पुष्टी- NOC कार्यलयमा अनिश्चितकालिन सिल

नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । एनओसीको सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

गत साता गरिएको सबै कर्मचारीको स्क्वास प्रशिक्षणबाट २ जनामा कोरोना पुष्टी भएपछि कमिटीको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ ।

कोरोना पुष्टी भएका दुवै जना कमिटीको कार्यालयमा कार्यरत चौकीदार हुन् । कर्मचारीमा कोरोना देखिएपछि कमिटीका सबै पदाधिकारीको समेत कोरोना परीक्षण गर्न लागिएको बताइएको छ ।

त्यस्तै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएपछि एन्फाले समेत कार्यलय बन्द गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">