अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा लाग्दै आएको शुल्क खारेज गर्ने घोषणा गरेका छन् ।
सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले उद्देश्य र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क र दस्तुर नलाग्ने व्यवस्था मिलाइने छ,’ महतले भने ।
त्यस्तै न्यूनतम १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिने महतले जानकारी दिए ।
प्रतिक्रिया