US Khabar

अमेरिकी राष्ट्रपति ट्रम्पका भाई रोबर्टको निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकी राष्ट्रपति ट्रम्पका भाई रोबर्टको निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । केही दिनदेखि न्यूयोर्क सिटीको अस्पतालमा उपचार गराइरहेका ट्रम्पका कान्छा भाई रोबर्टको ७१ बर्षको उमेरमा निधन भएको हो ।

ह्वाइट हाउसले एक बक्तब्य जारी गर्दै डोनाल्ड ट्रम्पका कान्छा भाईको निधन भएको जनाएपनि उनको मृत्युको कारण भने खुलाइएको छैन ।

राष्ट्रपति ट्रम्पले आफ्ना भाई भाईमात्र नभई एक असल साथी भएकाले उनको निधनले गहिरो चोट पुगेको बताएका छन् । ट्रम्पको रियल–स्टेट लगानीको ब्यबसाय सम्हाल्दै आएका रोवर्टलाई अस्पताल भर्ना गरेपछि ट्रम्पले केही दिन अघि अस्पतालमा भेट्न गएका थिए । उनले भाइ रोबटलाई निकै गाह्रो भइरहेको बताएका थिए । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">