US Khabar

युएईमा २ नेपालीको आपसी झगडामा दुवैको दर्दनाक हत्या – १ को पहिचान खुल्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

युएईमा २ नेपालीको आपसी झगडामा दुवैको दर्दनाक हत्या – १ को पहिचान खुल्यो

गत साउन २४ यूएईको सारजाहमा हत्या गरिएका दुई नेपाली मध्य एक जनाको परिचय खुलेको छ । यूएई स्थित नेपाली दूतावासका अनुसार हत्या भएका एक ब्यक्ती तनहुँ भगवतीपुर ७ का ३६ वर्षिय मंगलराज श्रेष्ठ रहेका छन् ।

शरिरका बिभिन्न २० ठाउँमा छुरा प्रहार गरेर हित्या गरिएका श्रेष्ठ भोली अर्थात भदौ १ गते नेपाल फर्कदैं थिए । तर उनको १ साता अघि नै हत्या भएको छ । दुई नेपाली बिचमा भएको झगडाले दुवै जनाको धारिलो हतियार प्रहारबाट दर्दनाक मृत्यु भएको बताईएपनि घटनामा संलग्न भएको आशंकामा केही पक्राउ परेका यूएईको स्थानीय सञ्चारमाध्यले जनाएको छ ।

मृत्यु हुने श्रेष्ठ र पहिचान खुल्न बाँकी अर्का नेपाली एक आपासमा बिबाद पछि हतियार सहित झगडा गर्दा दुवैको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा देखिएको भएपनि घटनाको बिस्तृत अनुसन्धान बाँकी नै रहेको बताईएको छ । मृतकको अनुहार, घाँटी, छाती र पेटमा चोटपटक लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">