संसारलाई कोरोनाले कहर दिइरहेका बखत हिन्दूहरुका चाडपर्वले भने छपक्कै छोपिसकेका छन् । हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजका उपलक्ष्यमा सदाझैँ यस वर्ष पनि नयाँ भाकाका नयाँ गीतहरू बजारमा आउने क्रम जारी छ ।
यसैबीच गण्डकी प्रदेश, लमजुङ जिल्ला , दोर्दी गा•पा• -३, जन्मथलो भई हाल संयुक्त राज्य अमेरिका , बाल्टिमोर निवासी पुष्पा घिमिरेको ‘फेरि पनि आयो तीज’ नामक गीति एल्बमको युट्युब प्रकाशन तीजको छेको पारेर हालै सार्वजनिक भएको छ ।
“फेरि पनि आयो तीज मैलाई झल्को लाउनलाई, मैले भने सकिनँ माइत आउनलाई ; •••••• अम्रिकामा झन यस्ले जमाउने भो शासन, कहिले पाउने होला ओठ खोली हाँसन,••••• यो तीजमा यस्तै भयो अर्को तीजमा भेटौँला,कम्मर मर्काइ नाचौंला चिन्ता मेटाउँला ।” जस्ता मनै रुवाउने गम्भीर शब्दहरुमा उनिएको गीत गरिमा हुमागाईंको सुमधुर स्वरमा सजिएको छ । उक्त गीतको सङ्गीत तथा सङ्गीत संयोजन राम कार्कीले गरेका छन् भने ओएसआर डिजिटल इन्टरटेनिङले गीत रेकर्डिङ तथा पाठकमाझ ल्याउने काम गरेको हो ।
प्रतिक्रिया