US Khabar

लोकप्रिय रेडियोकर्मी जसले दुई अक्षरको मायाबाट सिंगो जीवन र सम्बन्धलाई देखाए

- किशन रेग्मी | ३ वर्ष पहिले प्रकाशित

लोकप्रिय रेडियोकर्मी जसले दुई अक्षरको मायाबाट सिंगो जीवन र सम्बन्धलाई देखाए

माया शब्द ब्यक्तीका अनुभव अनुसार भिन्न भिन्न परिभाषामा बाँधिएको हुन्छ । नेपाली गीत संगीत, कला र साहित्यिक क्षेत्रमा अत्याधिक प्रयोगमा आउने शब्द हो माया । यहि शब्दमाथी बनेको एउटा गीत यो साता लोकप्रिय बन्दै युटुव ट्रेन्डिङमा रहेको छ । ‘हेर यो मुटुमा’ बोलको यस गीतमा प्रयोग भएको शब्द दुई अक्षरको मायाले गर्नु गर्या छ स्रोता दर्शकलाई खुव मन परिरहेको छ । उसोत समग्र गीतका हरेक हरफहरुले अत्यन्त सरल तर मिठासपूर्ण र गहिरो भावहरु प्रस्तुत गरको छ ।

आँसु झर्दैन आँखा सुकिसकेछ

निन्द्रै लाग्दैन निन्द्रा पुगीसकेछ

हेर यो मुटुमा चिरा पर्या छ

त्यसै कहाँ रुन्थें र पिर पर्या छ

दुई अक्षरको मायाले गर्नु गर्या छ

यो गीतमाथी बनेको भिडियोमा मुख्य भुमिकामा देखिए संचारकर्मी तथा मोडल जिबी चिरन अर्थात चिरञ्जिवी सापकोटा । पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा लोकप्रिय बनेका मोडल जीबी चिरनलाई अत्यन्त राम्रो रेडियोकर्मीका रुपमा चिन्नेहरु पनि धेरै छन् । आहा टिभी र बिन्दास टीभीका संचालक, डाईरेक्टर तथा सिईओ रहेका चिरन रेडियो भेरी एफएम, रेडियो सुर्खेत, मेरो एफएम, रेडियो राजधानी लगायतमा लामो समय काम गरेर कलाकारिता क्षेत्रमा आएका मोडल हुन् जो कार्यक्रम प्रस्तोता र न्युज रिडरका रुपमा स्रोतामाझ लोकप्रिय थिए ।

चलचित्रमा समेत अभिनय गरिसकेको यि कलाकारको यो साता सार्वजनिक गीत हेर यो मुटुमा लाखौं दर्शकले हेरेका छन् र हजारको हाराहारीमा सकारात्मक प्रतिकृया बटुल्दै टिकटिक र बिभिन्न सामाजिक सञ्जाल तथा रेडियो टेलिभिजनमा चर्चामा रहेको छ ।

बादल थापाको शब्द संगीत र आवाज रहेको यस गीतको भिडियोमा चिरेन रेडियोकर्मीकै रुपमा देखिएका छन् । चर्चित रेडियो कर्मी रहेको एक युवक रेडियोमा काम गर्न आएकी नयाँ कलाकारसंगको प्रेमका पर्दा आएका उतार चढाव गीतमा प्रस्तुत छ । नयाँ कर्मचारीका रुपमा आएकी युवतीलाई चर्चित आरजेले काम मात्र होईन उसको लवाई\खवाई, रंग ढंग सबैलाई प्रोफेसनल बनाउन सहयोग गर्छ । गीतमा यि महिला आरजेको भूमिका रोषनी कार्कीले निभाएकी छिन् । भिडियोको कथा अनुसार ईनोसेन्ट अनुहार र लुक्सकी उनलाई चिरेनले प्रेफेसनल आरजे बन्नका लागि ठुलो सहयोग गर्छन त्यो पनि प्रेम पुर्वक । दुई जना बिच प्रेम हुन्छ, प्रेमसंगै समपर्ण समेतमा दुवै खुसी देखिन्छन् । लिभिङ टुगेदरमा नै बस्न समेत राजी छन् । तर युवतीमा बिस्तारै परिवर्तन आउन थाल्छ, उनि रेडियोका सिईयोसंग नजिक हुन थाल्छिन् । उनको गलत नजर र छुवाईलाई मुस्कुराउँदै स्वागत गरेका दृश्यहरुसंग भिडियोका मुख्य नायक चिरेन मर्माहत देखिन्छन् र पनि उनले युवतीको भोलाभाला स्वभावमाथी विश्वास गर्छन् । उनकी प्रेमिका दोहोरो सम्बन्ध सम्म पुग्छीन् । उनि सिईओ संग जति नजिकिंदै जादैंछिन् उति आफ्नो प्रेमीसंग दुरी बढाउँदै जान्छिन् । र पनि उनलाई यो प्रेमिकाको अन्जान पन होला, यसलाई ठुलो ईस्यु बनाउँनु भन्दा प्रेमले नै उनको मनलाई सम्झाउनु पर्छ पर्ने ठान्छन् र उनका गल्तीलाई समेत नजरअन्दाज गरिदिन्छन् ।

बिवाह सम्मको सम्बन्धका लागि सपना देखेर उसको निजी र प्रोफेशनल जीवनमा ठुलो मद्यत गरेका उनि त्यो बेला झाँगाबाट खसेझैं हुन्छन् जव उनि बिबाहको प्रस्थाव सहित औंठी लिएर जाँदा प्रेमिका तिनै सिईओसंग बेडरुमा भेटिन्छिन् । आफ्नै आँखाले यो दृश्य देखेका उनको विश्वासमाथी ठुलो बज्रपात हुन्छ र पनि युवतीलाई उनको आँसु, माया, र विश्वासको कुनै प्रवाह देखिंदैन ।

अत्यन्त ठुलो पिडामा निस्केका उनलाई कसरी आफ्नी प्रेमिकाले आफुलाई प्रयोग गरिरहेकी छन् अझै पनि मेसो हुँदैन । प्रेमिकाले दुखी भएर आत्महत्या गर्दैछु भनेपछि फेरी पनि उनलाई बचाउन पुग्छन् कथाका नायक आरजे चिरन ।

सबै भन्दा ठुलो झड्का तव लाग्छ जव उनले थाहा पाउँछन् कि त्यती सिधा सोझी ठानेर, संसारमा सबैभन्दा बढि माया र विश्वास गरेकी प्रेमिकाले नै नयाँ प्रेमिसंग मिलेर आफ्नो हत्याको योजना बनाएको उनलाई थाहा हुन्छ । यति सम्म विश्वास घात भएपछि पनि प्रेमिकाको जालमा परेर उनलाई आत्महत्या गर्नबाट बचाउन गएका उनैको हत्या प्रेमिका र उनका नयाँ प्रेमी जो आफैंले काम गर्ने रेडियोका सिईयो छन् उनिहरु मिलेर गर्दै रहेछन् भन्ने थाहा नपाएका उनमाथी गहिरो प्रहार हुन्छ र उनि मरे भनेर छोडिन्छ । अव वल्ल उनलाई थाहा हुन्छ कि कसरी यति लामो समय आफुलाई प्रयोग गरियो र अन्तत हत्याको योजना सम्म बन्यो । अन्तत अर्ध बेहोसीमै रहेका गम्भिर अवस्थाका घायल उनले प्रेमिकाको नै हत्या गरिदिन्छन् ।

यो कथाको पृष्ठभूमी एउटै नहोला तर यस प्रकारको विश्वासघात धेरै युवामाथी हुँदै आएको छ । आफैंले जीवन जीउने कला, सामाजिक र प्रोफेसनल प्रतिस्ठाका लागि आवश्यक लवाई खवाई, उठाई, बसाई, तौर तरिका सिकाएपछि त्यही सिकाईलाई प्रयोग गरेर नयाँ नयाँ प्रेमी बनाउने युवतीहरुको जमात पनि बाक्लो छ समाजमा ।

यहाँ एउटा रेडियोकर्मीको प्रेम कथा देखाईएको छ, यस्तै अन्य प्रोफेसन र ब्यक्तीगत जीवनमा पनि यस प्रकारका घटना दोहोरिंदै आएका छन् । जसका कारण एउटा ख्याती कमाईसकेको युवा मानसिकताले समेत होस गुमाएर अपराधी बनेका वाध्यात्मक र पिडादायी घटनाहरु घटित हुन सक्ने देखिन्छ भने विबाहित दम्पतीमा पनि यस प्रकारका कथा जन्मदाँ धेरै युवाको सपना, सम्पत्ती र जीवन गुमेका घटना पनि हाम्रै समाजको प्रतिनिधी घटना हो ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">