जिल्ला ट्राफिक कार्यालय दाङले बिरामीबाट दोब्बर बढी भाडा असुल्ने एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । लमहीबाट तुलसीपुरसम्मको भाडा ३५ सय रुपैयाँ तोकिएकोमा ७ हजार लिएको पाइएको छ ।
एम्बुलेन्समा यात्रुलाई राखेर दोब्बर भाडा असुल्ने एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइवएको हो । लमहिदेखि तुलसीपुरसम्ममा दोब्बर बढी भाडा लिएको पाइएको छ । यसरी दोब्बर भाडा लिने कृपा पोलिक्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया