दिवंगत पत्रकार बलराम बानियाँको परिवारको सहयोग स्वरुप अमेरिकाबाट आर्थिक अभियान सुरु गरिएको छ । न्युयोर्क निवासी राधाकृष्ण देउजाले दिंवगत पत्रकार बानियाँको परियारको सहयोगार्थ गोफण्डमी मार्फत आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।
कान्तिपुर दैनिकका सहायक सम्पादक स्व. बानियाँ गत सोमबारबाट सम्पर्क बिहिन भएका थिए । दुई दिनदेखि घर नफर्किएपछि उनको परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएका थिए । उजुरीका आधारमा उनको खोजी सुरु गरेको प्रहरीले मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव फेला पारेको थियो ।
पत्रकारितामा उनले पुर्याएको योगदान र उनको मृत्युपछि परिवारमा पर्न गएको असहज अवस्थालाई ध्यानमा राखी गो फण्ड संचालन गरिएको हो । गो फण्ड मार्फत संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिने छ ।
गो फण्ड अभियान सुरु गरेका देउजाले पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा यो अभियान सुरु गरिएको बताएका छन् ।
दिवंगत पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।
सहयोग रकम संकलनाका लागि तलको लिंकमा क्लिक गर्नुहोस्
https://www.gofundme.com/f/tribute-to-balram-baniya-and-support-his-family
प्रतिक्रिया