US Khabar

कोरोनाबाट दुबईमा नेपाली महिलाको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोनाबाट दुबईमा नेपाली महिलाको मृत्यु

युएईको दुबईमा कोरोनाबाट १ नेपालीको मृत्यु भएको छ । ती ४० वर्षीया नेपालीको शुक्रबार ज्यान गएको हो ।

उनको घर देवदह–६ बुटवल हो । पहिला पेट दुख्यो, मुटु दुख्यो भनेकी उनी भोलिपल्ट शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आएको छ ।

यूएईमा सोमबार थप ३ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । खाडी मुलुकमा रहेका २६ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म बहराइनमा १२, यूएईमा ८, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २६ जना नेपाली श्रमिकलाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

विश्वप्यापी महामारीका रुपमा रहेको कोरोना संक्रमणका कारण हजारौंको ज्यान गै सकेको छ भने अमेरिका र बेलायतमा नेपालीहरुको मृत्यु समेत भएको छ । युएईमा अहिले ६ जनाको अस्पतालमा उपचार भै रहेको छ भने दुई जना नेपाली उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">