US Khabar

रुसले बनाएको कोरोना विरुद्धको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने

- Admin | ३ वर्ष पहिले प्रकाशित

रुसले बनाएको कोरोना विरुद्धको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने

रुसले कोरोनाभाइरसका विरुद्ध निर्माण गरेको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । फिलिपिन्सका राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीका अनुसार रुसले निर्माण गरेको औषधिको तेस्रो चरणको परीक्षण आगामी अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको बताएका हुन् ।
प्रवक्ता रोकी अनुसार यस परिक्षणका लागि रुसले पनि फिलिपिन्सलाई सहयोग गर्ने छ । रुसले निर्माण गरेको यस औषधी फिलिपिन्सका हजारौं बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी वैज्ञानिकले निर्माण गरेको कोरोनाभाइरस बिरुद्धको भ्याक्सिन मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षा मापदण्डमा खरो उत्रिएको दाबी गरेका थिए । राष्ट्रपति पुटिनले भ्याक्सिन आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए ।
रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरि नै चर्चा पाएको छ भने केही देशहरुले औषधि किन्ने माग पत्र समेत पेस गरिसकेको जनाइएको छ ।

यता खोप निर्माण गरिरहेको अमेरिकाले कोरोना भाइरसको खोप यदी प्रमाणित भयो भने, सबै अमेरिकीलाई निशुल्क वितरण गर्नुपर्ने बताएको छ । कोरोना भाईरस बिरुद्ध खोपहरु निर्माण गरिरहेको अमेरिकाका स्वास्थ्य अधिकारीले सो कुरा बताएका हुन् ।

२०२१ के जनवरीसम्ममा दशौँ लाख खोपको डोज वितरण गर्ने लक्ष्य राखेको अमेरिकाले खोप निर्माणका लागि १० बिलियन डलर भन्दा धेरै लगानी गरिसकेका छन् सम्झौता अनुसार खोपको डोज सरकारले नै तिर्नेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">