US Khabar

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु – मृतकको संख्या १०० पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु – मृतकको संख्या १०० पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा विराटनगरमा दुई, पर्सामा एक, सिराहामा दुई र धनुषाका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुगेको हो ।

मृतक मध्य धनुषाकी ८५ वर्षीया महिलाको साउन २९ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाले मृत्यु भएको हो भने सिहरा विष्णुपुर गाउँपालिकाका ४० वर्षीया पुरुष र सिमरा टोल पर्साका ५० वर्षीय पुरुष, पर्सा प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय पुरुष, विराटनगर १५ का ३० वर्षीया पुरुष र ३० वर्षीया पुरुषको शुक्रबार मृत्यु भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">