US Khabar

रेडियोकर्मी देखी रोमान्टिक र मर्माहत प्रेमी हुँदै हत्यारा सम्मको अभिनयमा जीबी चिरन: ‘हेर यो मुटु’ गीत सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

रेडियोकर्मी देखी रोमान्टिक र मर्माहत प्रेमी हुँदै हत्यारा सम्मको अभिनयमा जीबी चिरन: ‘हेर यो मुटु’ गीत सार्वजनिक

गायक तथा मोडल जीबी चिरन अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बादल थापाको शब्द, संगीत र आवाज रहेको ‘हेर यो मुटुमा’ बोलको गीत मोडल जीबी चिरन, रोषनी कार्की, प्रेम पुरी र राज थापाको अभिनयमा युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
विश्वास नेपालको संगीत संयोजन रहेको यस गीतमा जीबी चिरन रेडियोकर्मी देखी रोमान्टीक प्रेमी, विश्वासघात पछिको पिडाले मर्माहत युवा मानसिकता र अन्तत प्रेमिकाकै हत्यारा समेत बनेर प्रस्तुत भएका छन् ।
गीतमा सुरुवाती आकर्षण, त्यस पछिको प्रेम, खुसी र विस्तारै युवतीको परिवर्तित मनले निम्त्याएका घटना र दुर्घटनालाई प्रस्तुत गरिएको छ ।
सृजन बरालको निर्देशनमा निर्माण भएको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन तथा डिन्सन शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">