गायिका बिद्या तिवारी पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा अत्याधिक रुचाईएको नाम हो । गायक समिर आचार्यसंगको युगल स्वरमा रहेको पिचरोड र घाममा सुकाईदेउले नेपाली सांगीतिक बजारमा बहु चर्चित गीतको रेकर्ड राखेसंगै बिद्याको ब्यस्तता र प्रसंसा अझै चुलिएको थियो । उसो त उनि भ्वाईस अफ नेपालबाट उदाएकी प्रतिभाशाली गायिका हुन् । भ्वाईस अफ नेपालबाट लोकप्रिय भएसंगै उनले चर्चित गीतहरुमा आवाज भरिन् र ति गीत सफल पनि रहेका छन् । उनका डलर, मनको ढोका, तिमीलाई म के भनुँ लगायतका उनका गीतहरु पनि संगीतकर्मी र स्रोतामाझ प्रशंसा बटुल्न सफल गीत हुन् ।
यहि बिचमा केही साता अघि उनको ‘तिनपाते’ गीत बजारमा आएको छ । ग्रामिण भेगको निश्चल प्रेम जुन अभाव र गरिबी बिचमै पनि खुसीले मौलाएको छ यहि चित्रण सहित आएको यस गीतले टिकटक र युटुवमा सकारत्मक सफलता हात पार्दै चर्चा र प्रसंसाको उलाको यात्रा तय गरिरहेको छ । सुजन चापागाईं संगको युगल आवाजमा रहेको यो गीतको शब्द, संगीत, स्वर र भिडियोको तारिफ भै रहेको छ । जसलाई हर्क साउदले लेखेका हुन् भने संगीत गायक चापागाईं स्वयंको रहेको छ ।
संगै हुर्किएका दुई बाल बालिकाको अबोध माया र पछि ठुलो हुँदै जाँदाको आत्मियताका कारण यो गीत बच्चा देखी घर गृहस्त जीवन बिताईरहेका र प्रेममा रहेका नारी पुरुष दुवैलाई मन परेको पाईन्छ । भिडियोमा चित्रण गरिएका नेपाली समाजको यथार्थताले गीतलाई अझै सशक्त बनाएको छ । एउटा गीतले नै गरिवी, स्वाभिमान, परिश्रमी र मेहनती संस्कार, कृषक जीवन, पारिवारिक दाहित्वका कथा र ति कथाको मर्म समेट्न सकेकाले तिनपाते गीत लोकप्रिय बन्दै गएको हो ।
यस भिडियोमा मिलन खत्री, अनु काफ्ले, सम्रान्त थापा, आयुश्मा काफ्ले र नयन नेपाल लगायतको अभिनय रहेको छ ।
OUR NEWLY RELEASED TEASER: “BHUR BHUR PUTALI”
प्रतिक्रिया