US Khabar

गोंगबु घटना: सिल्पिङ ट्यावलेट खुवाई अण्डाकोशमा ह्याम्वरले हानेर हत्या गरेको कल्पनाको बयान

- Admin | ३ वर्ष पहिले प्रकाशित

गोंगबु घटना: सिल्पिङ ट्यावलेट खुवाई अण्डाकोशमा ह्याम्वरले हानेर हत्या गरेको कल्पनाको बयान

आईतबार बिहान गोंगबुमा सुटकेस भित्र भेटिएको शव बिषयक अनुसन्धानमा हत्या भएका कृष्ण बहादुरको अण्डकोसमा ह्याम्वरले प्रहार गरि हत्या गरिएको खुल्न आएको छ । प्रहरीले पत्रकार सम्मेलन गर्दै सुरुमा सिल्पिङ ट्यावलेट खुवाई बेहोस बनाएर अण्डकोशमा ह्याम्वर प्रहार गरि हत्या उनको गरेको बताएको हो ।

हत्या गर्ने ति महिलाको यस अघि कल्पना शाही नाम बताईएको भएपनि प्रहरीको पत्रकार सम्मेलनमा उनको नाम कल्पना मुडवरी पौडेल रहेको बताईएको छ । अनुसन्धानमा पैसाको लेनदेन र हत्या अभियुक्त कल्पनाको नग्न फोटो सामाजिक संजालमा राख्ने देखी ब्ल्याकमेल गर्दै आएको कारण उनले बोहोराको हत्या गरको खुलेको छ ।

दाङ घर भै बिगत नौं महिना देखी काठमाडौंमा बस्दै आएका मृतक बोहोरा र हत्या अभियुक्त कल्पनाबिच फेसबुक हुँदै शारिरिक सम्बन्ध सम्मको आत्यिमता बिकास भएको देखिन्छ । शनिबार राती कृष्ण बहादुर कल्पनाकै कोठामा बसेर दहि चिउरा र रक्सी खाएको र त्यहि खानामा उनले सिल्पिङ ट्याव्लेट मिसाएर खुवाएपछि बेहोस रहेका उनको अण्डाकोशमा ह्याम्बरले हानी हत्या गरेर, पछि उनको घाँटी समेत सलले बाँधेर मृत अवस्थामा पुगेपछि कपडा खोलेर किचनमा प्रयोग हुँदै आएको मासु काट्ने चक्कुले उनको शरिर टुक्रा पारेको बताईएको छ ।
उनले टुक्रा पारेका टाउको र खुट्टा सुरुमा एक्लै लगेर फ्याकेको र पछि सुटकेसमा राखिएको शरिरको भाग एक्लै नाम्लोले बोक्न नसकेपछि र पानी पनि ठुलो परेपछि पल्लो कोठामा सुतेकी छोरीलाई उठाएर लासको भारी धकेल्न लगाएको र छोरी समेत लास फ्याक्न आमालाई छाता ओडाउँदै गएको खुल्नमा आएको छ ।

बिहान सव भेटिएको हल्ला र पुलिसको ओहोर दोहोर सो क्षेत्रमा हुँदा दिनभर उनि कोठामै थिईन् । बेलुका ४ बजे एम्बुलेन्स बोलाएर छोरी लिएर उनि माईत जाने भन्दै चितावन गएकी थिईन र चितावन टाढी, माधवपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">