US Khabar

ट्रम्पको पत्रकार सम्मेलन चलिरहेका समय ह्वाइट हाउस नजिक एक ब्यक्तीमाथी गोली प्रहार

- Admin | ३ वर्ष पहिले प्रकाशित

ट्रम्पको पत्रकार सम्मेलन चलिरहेका समय ह्वाइट हाउस नजिक एक ब्यक्तीमाथी गोली प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलनमा समय ह्वाइट हाउस नजिकै एक ब्यक्तीमाथी गोली प्रहार भएको छ । राष्ट्रपति निवास तथा कार्यालय रहेको ह्वाइट हाउस भित्र पत्रकार सम्मेलन चलिरहेका समय बाहिर ति ब्यक्तीमाथी गोली प्रहार भएको हो ।

गोली प्रहारपछि ट्रम्पको पत्रकार सम्मेलन नै केही बेरलाई स्थगित भएको थियो । ट्रम्प बोलिरहेको समय राष्ट्रपतिका सुरक्षा समूह सेक्रेट सर्भिसका सुरक्षाकर्मीले यो खबर ट्रम्पलाई दिए लगत्तै उनले कार्यक्रम रोकेर थप अवस्थाबारे जानकारी लिन कार्यक्रम कक्षबाट बाहिरिएका थिए ।

यसको झण्डै ९ मिनेट पछि पुनः पत्रकार सम्मेलनमा उपस्थित भएका ट्रम्पले ह्वाइट हाउस नजिकै एक व्यक्तिमाथि गोली प्रहार भएकोले सुरक्षा सतर्कता अपनाउनु परेको बताउँदै सुरक्षाकर्मीहरुले स्थिति नियन्त्रणमा लिईसकेकाले संयमित र सतर्क रहन सबैमा अनुरोध गरेका थिए । एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">