आईतबार बिहान गोंगबुमा भेटिएको पुरुषको शवको पहिचान भएको छ । प्रहरीको अनुसन्धानबाट उनि दाङ जिल्लाका कृष्ण बहादुर बोहोरा रहेको पाईएको हो ।
उनको पुरा ठेगाना र अन्य थप बिबरण भने खुलिसकेको छैन । सोमबार उनका बारे केही तथ्य संकलन गरेको प्रहरीले सोमबारकै दिन उनको हत्यामा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । उनि कल्पना शाही नामकी महिला हुन् । शाहीलाई प्रहरीले चितवनको टाढी, माधवपुरबाट उनलाई पक्राउ गरेको हो ।
केहि समाचार माध्यमका उल्लेख भए अनुसार प्रहरी उच्च स्रोतले जुन कोठामा बोहोराको हत्या भएको थियो सो कोठा कल्पना शाहीको रहेको थियो । गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो ।
सहक छेउमै रहेको सो सुटकेस पानीले भिजेर रगत बगिरहेको देखेपछि स्थानियले प्रहरीलाई पक्राउ गरेको थियो । गोंगबुमा सुटकेसमा
बिहान शव भेटिएपछि करिव ७ बजेको आसपासमा सुचनाका आधार घटनास्थल पुगेको प्रहरीले सुटकेस खोल्दा दुई टुक्रामा छुट्टा छुट्टै कालो पोलिथिन झोलामा उनको शव भेटेको थियो । जसको टाउको र खुट्टाका दुई पैतला थिएनन् ।
तालिक प्राप्त कुकुर सहित गएको प्रहरीको कुकुरले शव भेटिएको स्थान गणेशस्था भन्दा १०० मिटर पर सामाखुसीको निस्कने भित्री बाटोको छेउमा फेला पारेको थियो । जेब्रा ब्यागमा रहेको कालो पोलिथिन झोलामा उनको टाउको र पैतलाको भाग फेला परेको थियो । अनुहारमा कुनै पनि धारिलो हतियार प्रयोग नभएकाले क्यामेरामा खिचेको उनको अनुहारको भागको स्पष्ट तस्विर सामाजिक संजाल र समाचार माध्ययमा सार्वजनिक भएको थियो । जसबाट उनका मामा पर्ने आफन्तले उनको शव पहिचान गरेका थिए ।
प्रतिक्रिया