अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन १९ जनाको मृत्यु भएको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित भिक्टोरिया राज्यमा सोमबार एकै दिन १९ जनाको ज्यान गएको हो ।
अष्ट्रेलियामा एकै दिन यति धेरैको ज्यान गएकोे पहिलो घटनाका रुपमा रहेको ठुलो संख्यामा संक्रमणबाट मानिसको मृत्यु भएपछि यसलाई महामारीको दोस्रो लहर सुरु भएको बताईएको छ ।
केही दिन अघि संक्रमितको संख्या बढ्दै गएपछि अस्ट्रेलियाको भिक्टोरियामा लकडाउन थप कडा थियो । ठुलो संख्यामा संक्रमति बढ्नुका साथै मृत्यु हुन थालेपछि साँझ ६ बजेबाट कडाईका साथ लकडाउन लागू गरिएको हो । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले राजधानी मेलबर्नमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुने घोषणा गर्दै नागरिकलाई आफ्नो घरको ५ किलोमिटरभन्दा टाढा जान नपाईने नियम लागु गरेका थिए ।
पछिल्लो साता भिक्टोरिया राज्यमा रहेका १२ जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली बिद्यार्थी र एनआरएन पदाधिकारी मध्य १२ जनामा संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण पुष्टि उनिहरु मध्य चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया