कोराना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७९ पुगेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका अछाम चौरपाटी ५ का ५० वर्षका पुरुषको मृत्यु भएसंगै अव नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको हो ।
स्वस्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको आइतबार साँझ ७स्३० बजे मृत्यु भएको थियो । मृत्यु पश्चात भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनको सोमबार कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
प्रतिक्रिया