US Khabar

नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु – मृतकको संख्या ७५ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु  – मृतकको संख्या ७५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा पोखरा र बिरगञ्जमा थप २ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको हो ।

मृतक मध्य वीरगन्ज महानगरपालिका -२ की २० वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका- १९ का ६२ वर्षीय पुरुष रहेका छन् । जसमध्य पोखराका बृद्धमा मधुमेहको समस्या थियो भने बिरगञ्जकी युवतीमा हाइपो थाइरोडिजम रहेको थियो ।

मृतक बृद्धमा साउन १७ गते कोरोना पुष्टी भएको थियो भने युवतीको मृत्यु पश्चात गरिएको स्वाब परीक्षणबाट कोरोना पुष्टी भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">