US Khabar

गौतम बुद्ध भारतिय नागरिक भएको विदेशमन्त्री जयशंकरको दावी

- Admin | ३ वर्ष पहिले प्रकाशित

गौतम बुद्ध भारतिय नागरिक भएको विदेशमन्त्री जयशंकरको दावी

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन् । भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.द्वारा आयोजित भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले बुद्धलाई महान भारतीय नागरिक भएको दावी गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भारतिय ईतिहासमा गौतम बुद्ध र महात्मा गान्धि जस्ता नागरिकका कारण भारत विश्वमा प्रसिद्ध भएको बताए । गत बर्ष नेपाल भ्रमणमा आएका विदेशमन्त्री जयशंकरको यो अभिब्यक्तीले नेपालीहरुको मनमा चोट पुगेको अभिब्यक्ती पनि नेपालीहरुले दिन थालेको छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । जयशंकरको यो अभिब्यक्तीको पनि बिरोध हुन सक्ने देखिन्छ ।

भारतसंग पछिल्लो समय राम जन्मस्थल, सिमा बिबाद र बुद्धको जन्म बिषयमा बिबाद हुँदै आएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">