काठमाडौंको गोंगबुमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गोंगबुस्थित गणेशस्थानमा अन्दाजी ४०–४५ वर्षको उमेरका पुरुषको शव फेला परेको हो ।
सुटकेसभित्र भेटिएको शवको टाउको मुनिको भागमात्र गणेस्थानमा फेला परेको थियो भने, टाउको र पैतलाको भाग तीन सय मिटर पर सामाकोसी निस्कने भित्री बाटोमा फेला परेको थियो ।
तालिमप्राप्त कुकुर सहित यस घटनाको अनुसन्धानमा सुरु गरिएको र प्रारम्भिक अनुसन्धानका क्रममा नजिकैको डान्सबारमा कार्यरत युवतीहरु प्नि पक्राउ गरिएको घटना स्थल नजिक बसोबार गर्नेहरुले बताएका छन् ।
यद्यपी अनुसन्धानबारे बिस्तृत बिबरण आई सकेको छैन । रातीको समयमा नै हत्या गरिएको हुन सक्ने यस शव लोक गायक आयुस परियारको कोट तथा कपडा पसलको सटर अगाडी भेटिएको सो शवका बारेमा उनले पनि बोलेका छन् । उनका अनुसार सुटकेसबाट रगत बगिरहेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया