US Khabar

बिजुलीकाे पाेलबाट खसेर अर्घाखाँचीमा १ जनाकाे ज्यान गयाे

- USKHABAR | ४ महिना पहिले प्रकाशित

बिजुलीकाे पाेलबाट खसेर अर्घाखाँचीमा १ जनाकाे ज्यान गयाे

अर्घाखाँचीकाे सन्धिखर्कमा बिजुलीकाे पाेलबाट खसेर एक जनाको ज्यान गएको छ । पाेलबाट खसेर अर्का एक घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको पोलमा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा किमडाँडाकै ३६ वर्षीय कृष्णबहादुर  राना पाेलबाट खसेर गम्भीर घाइते हुनुभएकाे थियाे । उहाँकाे उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको प्रहरीले जनाएकाे छ ।

अर्का घाइते किरन रानाकाे जिल्ला अस्पतालमा उपचार भइरहेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले बताउनुभयाे ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">