स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले, संघीय अस्पतालमा कार्यरत कर्मचारीहरुको विवरण १५ दिन भित्र दिन बुझाउन निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारका लागि संघीय अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको लिस्ट १५ दिन भित्र बुझाउन निर्देशन दिइएको जानकारी दिए ।
उनले भने ‘सबै संघीय अस्पतालमा कार्यरत सबै किसिमका स्थायी, करार र काजमा रहेकालगायत अन्य कर्मचारीहरुको डिजिटल लिस्ट १५ दिन भित्र अध्यावधिक गरी पेश गर्न मन्त्रालयको प्रशासन महाशाखालाई निर्देशन दिने । यसमा दरबन्दीका कर्मचारी एक ठाउँमा छन् । काजमा चाहिने भन्दा बढी र कही चाहिने भन्दा कम छन् । सिफारिसको भरमा आफ्ना मानिसहरुलाई सेवा दिने हिसावले तलव खुवाएर राखिएको अवस्था छ । अब यसलाई व्यवस्थित गर्नुपर्छ ।’
उनले जनताको स्वास्थ्य र सुरक्षाको कुरामा सरकारले व्यवस्थित गर्नकै लागि आफुहरुले उक्त कदम चालेको बताए । जुन ढंगले राष्ट्रिय सेवा कर्मचारीहरुले काम गर्नु पर्ने हो त्यो नदेखिएको र उपकरण खरिद गरेर दुई वर्षसम्म पनि प्रयोग नगरेको र खरिद आवश्यकता भन्दा बढी देखिएको उनको भनाई छ ।
प्रतिक्रिया