काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि संक्रमणको जोखिम नियन्त्रणका लागि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलका अनुसार गहनापोखरीबाट पूर्वतर्फको हाँडीगाउँ कोटाल टोलमा ८ जना संक्रमित फेला परेपछि सो क्षेत्रमा सिल लगाउनु परेको हो ।
८ जना संक्रमितहरुमा नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेका छन् ।
प्रतिक्रिया