US Khabar

नेपाल भारत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनु पर्नेमा मन्त्री रिजालको जोड

- USKHABAR | ४ महिना पहिले प्रकाशित

नेपाल भारत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनु पर्नेमा मन्त्री रिजालको जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल-भारत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनु पर्ने बताएका छन् ।
बिहीबार बीरगञ्जमा आयोजित ‘भारत-नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो धारणा राखेका हुन् । उनले कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई पारेको असरका कारण दुई मुलुकको विगतको इतिहास, सम्बन्ध र व्यापार गर्ने तरिकाहरूको मूल्याङ्कन र अध्ययन गर्न अत्यन्तै आवश्यक रहेको पनि प्रष्ट पारे ।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा परेको नकारात्मक असरको बाबजुद पनि नेपाल भारतबीच भएको कारोबार डिजिटलाइजेशन सकारात्मक रहेको बताउदै मन्त्री रिजालले कारोबार डिजिटलाइजेशन निक्कै राम्रो उदाहरण रहेको बनेको स्पष्ट पारे । दुई देशबीच विभिन्न क्षेत्रहरूमा सहयोग आदानप्रदान हुँदै आएको बताउदै मन्त्री रिजालले नेपालमा लगानीको सबैभन्दा ठूलो स्रोत भारत रहेको उल्लेख गरे । दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन ‘भारत-नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ ले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री रिजालले विश्वास व्यक्त गरे ।

सम्मेलनले ऊर्जा, पूर्वाधार, दूरसञ्चार, बैंकिङ, वित्तीय सेवा र बीमा, सूचना प्रविधि आदि जस्ता प्रमुख क्षेत्रहरूमा आपसी सहयोगलाई गति दिने मन्त्री रिजालको विश्वास छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">