बलिउड नायक शाहरुख खानले ५५ सय परिवारमा करिब ३० हजार व्यक्तिलाई आफ्नो खर्चमा खाना खुवाउने जिम्मा लिएका छन् । नायक खानले कोरोना प्रभावित अवस्थामा अप्ठेरोमा परेका गरिव तथा विपन्न परिवारका ३० हजार ब्यक्तीलाई सहयोगसँगै विभिन्न सामग्री र खाद्यन्नको घोषणा गरेका हुन् ।
लकडाउनको अवस्थामा रहेको भारतमा ज्याला मजदुरीबाट दैनिक गुजारा चलाउँदै आएका मजदुर तथा विपन्न परिवारका सदस्यका लागि नायक खानले व्यक्तीगत र आफ्नो कम्पनी रेड चिल्लीकातर्फबाट कोरोनाविरुद्ध सहयोगको घोषणा गरेका हुन् ।
यसका साथै उनले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५५ हजार पीपीई दिने ट्वीटमार्फत यस्तो घोषणा संगै अस्पतालका २५ सय कर्मचारीलाई एक महिनासम्म खाना खुवाउने जिम्मा लिएका छन् ।
प्रतिक्रिया