प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने विषयमा छलफल भइरहेको बताएका छन् ।
बिहीबार संसदमा कांग्रेस सांसद दीपक गिरीले टरिगाउँ विमानस्थललाई स्तारेन्नती गर्ने योजना र रणनीति के छ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले क्षेत्रीय विमानस्थल बनाउने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन गरिरहेको बताएका हुन् ।
‘टरिगाउँ विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन अध्ययन भइरहेको छ । सँगसँगै अन्य ठाउँका विमानस्थललाई पनि प्राथमिकतामा राखेकेा छौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने ।
प्रतिक्रिया