नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको हो ।
मृत्यु हुने थप ५ जना मध्य पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सर्लाहीका ४५ वर्षीय र सिराहाका २५ बर्षिय पुरुष रहेका छन् ।
पछिल्लो बिबरण अनुसार काठमाडौंमा आज १ सय ६ जना संक्रमित थपिएका छन् । जुन काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित संख्या हो ।
नेपाललमा २२ हजार २ सय १४ जनालाई संक्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया