प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । जवाफका क्रममा उनले ठूला भ्रष्टाचारको फाइल खोल्ने बताएका छन् ।
सांसद सर्वेन्द्रनाथ शुक्लाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘नक्कली शरणार्थीलाई मात्र होइन विगतका ठूला-ठूला विवादित घटना, राजस्वमा भएको चलखेललाई छानबिन गर्ने, खरिदमा भएका सेटिङका कुरा आवश्यक ऐनहरूलाई संसोधन गर्ने कुरा अघि बढिसकेको छ । संसद र राजनीतिक नेतृत्व आफूलाई सच्याउने अवसर छ । भ्रष्टाचारविरुद्ध नयाँ अभियान थाल्ने अवसरलाई कसैले गुम्द नदिऔँ ।’
प्रतिक्रिया