प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई एक महिनाभित्रमा टुंगो पुर्याउने बताएका छन् ।
बिहीबार संसदमा प्रश्नोत्तरका क्रममा लोसपाका सांसद दीपक कार्कीले नागरिकता विधेयक के हन्छ भनेर सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकलाई अघि बढाउने तयारी सरकारले गरिरहेको बताएका हुन् ।
नागरिकता विधेयक अघिल्लो सरकारले नै राष्ट्रपति कहाँ पठाएको तर विधेयक प्रमाणीकरण नभएर रोकिएको बताए । ‘अघिल्लो सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो । तर, त्यतिबेला प्रमाणीकरण भएन,’ उनले भने, ‘नयाँ राष्ट्रपति आएपछि त्यो विधेयक अघि बढाउन सकिन्छ कि सकिँदैन भनेर छलफल भइरहेको छ, राष्ट्रपतिले अहिले परामर्श पनि गरिरहनु भएको छ ।’
प्रतिक्रिया