US Khabar

सांसद न्यौपानेका प्रश्नमा प्रचण्डको जवाफ- विद्यार्थी विदेश पढ्न जाँदा ६७ अर्ब १९ करोड बाहिरियो

- USKHABAR | ४ महिना पहिले प्रकाशित

सांसद न्यौपानेका प्रश्नमा प्रचण्डको जवाफ- विद्यार्थी विदेश पढ्न जाँदा ६७ अर्ब १९ करोड बाहिरियो

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरूले प्रश्न सोधेका छन्।

बैठकको सुरूमै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकारी विद्यालय सुधार गर्नेजस्ता विभिन्न विषयमा प्रश्न गरेकी छन्। ‘सरकारी स्कुल सुधार गर्ने र युवालाई स्वदेशमै रोजगारी दिने सरकारको नीति के छ?,’ उनले प्रश्न गरिन्, ‘विदेश पढ्न जाँदा नेपालको कति रुपैयाँ विदेशिन्छ?’

उनले एक वर्षमा रमिट्यान्स कति भित्रन्छ भन्ने पनि प्रश्न गरेकी थिइन्। मल कारखाना खोल्ने नीति के छ जस्ता प्रश्न उनको थियो। सांसद न्यौपानेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७९/२०८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा रू ६७ अर्ब १९ करोड बाहिरिएको जानकारी दिए।

यस्तै यो अवधिमा रू ९०३ अरब ३९ करोड रेमिट्यान्स प्राप्त भएको र यो गत वर्षको भन्दा २४.२ प्रतिशत वृद्धि भएको प्रधानमन्त्रीको भनाइ थियो। उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन सरकार प्रतिबद्ध रहेको बताए। विद्यालयको संरचनागत र भौतिक सुधारमा स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने उनले बताए। रासायनिक मल उत्पादन गर्नका लागि विभिन्न प्रस्ताव लगानी बोर्डमा आएको र ती प्रस्तावका आधारमा अध्ययन गरी मल कारखाना खोलिने उनले बताए।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">