US Khabar

काठमाडौंको चुच्चेपाटीमा आफ्नै श्रीमती र छोरीमाथी एसिड प्रहार

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौंको चुच्चेपाटीमा आफ्नै श्रीमती र छोरीमाथी एसिड प्रहार

काठमाडौंको चुच्चेपाटीमा एक पुरुषले आफ्नै श्रीमती र छोरीमाथी एसिड प्रहार गरेका छन् । बिहीबार साँझ करिब ९ बजे चुच्चेपाटी बस्दै आएका ४४ बर्षिय राजन बिष्ट नामका ब्यक्तीले आफ्नी श्रीमती र छोरीमाथी एसिड प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार हेटौंडा घर भइ परिवार सहित चुच्चेपाटी बस्दै आएका बिष्टले मादक पदार्थ सेवन गरेर एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट आमा छोरीको टाउको र अनुहार जलेको छ । बिष्टले मादक पदार्थ सेवन गरी एसिड प्रहार गरेको प्रहरीको भनाई छ। विअभियुक्त बिष्टलाई महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ ।

गत साउन ८ गते सीतापाइला बस्ने २२ बर्षिय पवित्रा कार्कीमाथी एसिड प्रहार भएको थियो । एकतर्फी प्रेमका कारण रौतहटका मोहमद आलमको निर्देशनमा भारतीय नागरिक मुन्ना मोहमदले उनिमाथी एसिड प्रहार गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">